पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीसँग रकम उठाएकाे आराेपमा उनी पक्राउ परेका हुन् ।

ठगी प्रकरणमा पक्राउ परेका उनलाई बुधबार विहान आफ्नै निवासबाट पक्राउ गरेकाे हाे । अहिले टेकुस्थित प्रहरी कार्यालय लगिएकाे छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए । प्रहरीका अनुसार आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा  खाँण तानिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *