गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा सुवास अधिकारी नियुक्त भएका छन् । बिहीबार विहान बसेको मन्त्रिपरिषद्को बैठकाले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।
अधिकारी यसभन्दा अघि दुई पटकसम्म आयोगको सदस्य भएर काम गरिरहेको छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली र एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सदस्य बनेका अधिकारीले आयोगको अनुभव लिइसकेका छन् । चीनमा विद्यावारिधी गरेका अधिकारी तनहुँका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि उपाध्यक्षमा गोरखाका डा कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेका छन् । आयोगमा उपाध्यक्षसहित दुई सदस्य नियुक्त गर्न सकिने व्यवस्था छ ।
Post Views: 25