गण्डकीमा मन्त्रिपरिषद् पायाे पूर्णाता

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा चार मन्त्री नियुक्ति भएपछि मन्त्रिपरिषदले विस्तार पाएकाे छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट महेन्द्रध्वज जीसी, जीतप्रकाश आलेमगर र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई नियुक्ति गरेका हुन् ।

जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । 

नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानीमन्त्रालयको जिम्मा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *