‘पोखरा घर’ बनाइदै

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाले ‘पोखरा घर’ बनाउने योजना अगाडि सारेको छ । पोखराको पृथ्वीचोकस्थित महानगरले घण्टाघर, पुस्तकालय र आर्ट ग्यालरीसहितको ‘पोखरा घर’ बनाउने भएको हो ।

यस ठाउँमा ट्राफिक प्रहरीको अस्थायी कार्यालय (गोलघर) थियो । महानगरले उक्त गोलघरलाई डोजर लगाएको भत्काएको हो ।

करिब दुई रोपनी क्षेत्रफल रहेको सो स्थानमा महानगरले ‘पोखरा घर’ बनाउनको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले पोखरा घरमा पुस्तकालय, आर्ट ग्यालरी, सूचना केन्द्र आदि स्थापना गर्ने जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्यले भवनको पहिलो तलामा पोखरा झल्किने गरेर यस क्षेत्रको सम्पूर्ण जानकारी दिने उद्देश्यसहित सूचना केन्द्र बन्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *