पोखरा महानगर–६ खहरेचोकस्थित हलल्नचोकबाट गैह्राकोचौतारातर्फ जादै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खादाँ काठमाडौँ कपन घर भएका १८ वर्षिय सफल खतिवडाको मृत्यु भएको छ ।
घाइते खतिवडाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक तनुहँको म्याग्दे गाउँपालिका–४ थर्पुका १७ वर्षिय संगम बानियाँ घाइते भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । उनको टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
Post Views: 14