पोखरा महानगरपालिका–१८ सिमसार आवासिय क्षेत्रमा निर्माण कार्य भइरहेको सूचनाको प्राप्त भएपछि कास्की प्रहरीले टिप्परसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो पोखरा महानगरपालिकाको ग १ झ ३२० नम्बरको पिकअप गाडीमा नगर प्रहरी उक्त ठाउँ पुगेका थिए ।
नगर प्रहरीले निर्माण कार्यमा प्रयोग भएको ग १ ख ८६८७ नम्बरको टिप्पर र टिप्परमा लोड भएको माटोसमेत नियन्त्रणमा लिन खोज्दा स्थानिय र संलग्न व्यक्तिले पोखरा महानगरको गाडीलाई नै नियन्त्रणमा लिएका थिए । सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले ७ जनासहित टिप्पतलाइ नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिसंग प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
Post Views: 30