गणतन्त्र दिवसको अवसरमा खोलियो रत्न मन्दिरको ढोका

Share this post :

Facebook
Twitter
WhatsApp

गणतन्त्र दिवसको अवसर पारी पोखरा फेवा किनारमा रहेको रत्न मन्दिरको ढोका खुला गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले अवलोकन र भ्रमणका लागि सर्वसाधारणका लागि उक्त ढोका खुला गरेका हुन् । मन्त्री किरातीले पोखरेली जनता र प्रधानमन्त्री प्रचण्डको चाहानाअनुसार रत्न मन्दिरको ढोका सर्वसाधारणका लागि खुला गरिएको बताए ।

रत्न मन्दिर परिसरबाट फेवाताल हेर्दै पर्यटन मन्त्री सुदन किराती र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । तस्बिर प्रतिपत्र ।

पर्यटन मन्त्री किराती नेपाल ट्रष्ट कार्यालयका अध्यक्षसमेत हुन् । मन्दिरको स्वामित्व ट्रष्टसंग रहेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र लागू भइसक्दा राजदरबार सर्वसाधारणको लागि खुला गर्नुपर्ने मन्त्री किरातीले बताए । यस्ता दरबार इतिहास रहेको बताउदै उनले संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए ।

पोखराको फेवा किनारमा रहेको रत्न मन्दिर । तत्कालीन राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा यो दरबार बनाएका थिए । तस्बिर प्रतिपत्र ।

अघिल्ला वर्षमा रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाल ट्रष्टलाई प्रधानमन्त्री प्रचण्डले पर्यटन मन्त्रालय अन्तर्गत कायम गरेका थिए । त्यसपछि रत्न मन्दिरको ढोका खोल्न सहज भएको मन्त्री किरातीले बताए । उनले अब हिमा गृहको ढोका पनि सर्वसाधारणका लागि खुला गरिने बताए ।

गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणको लागि पहिलोपटक रत्न मन्दिरको ढोका खुला गरेपछि घुम्न आएका विदेशी पर्यटक । तस्बिर प्रतिपत्र ।

यसअघि प्रधानमन्त्री दाहालले उद्घाटन गरेको पोखरा क्षेत्रीय अर्न्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहिल भइरहेको मन्त्री किरातीले बताएका छन् । उनले जुन २२ बाट चीन र भारत सीधा उडान हुने बताउँदै यसका लागि दुवै देशसँग सम्झौता भइसकेको बताए । उनले पोखराको नयाँ विमानस्थलबाट व्यावसायिक उडान हुने दाबी गरे ।

गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणको लागि पहिलोपटक खुला गरिएको रत्न मन्दिर अगाडि फोटो खिचाउँदै पर्यटनमन्त्री सुदन किराती र गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री रेशमबहादुर जुग्जाली । तस्बिर प्रतिपत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *