एक वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने भएकाे छ ।

सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुयाउने उदेश्य राखेकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप गरिने बताएका छन् ।

आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुयाइने भएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धिधत १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धिधत जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करिब ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने अर्थ मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *