गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

Share this post :

Facebook
Twitter
WhatsApp

विहीबार बसेको प्रदेशसभाको वैठकमा गण्डकीको नीति तथा कार्यक्रम बहमुतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारले जेठ २१ गते ल्याएको सो कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि बहुमत सांसदले समर्थनमा पारित भएको हो ।

गण्डकी प्रदेशसभामा अहिले सभामुखलाई नगन्दा सत्ता पक्षमा ३५ सदस्य छन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, सभामुख सहित माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १ सत्ता पक्षमा छन् । प्रतिपक्षमा एमालेका २२ र राप्रपाका २ सांसद छन् । प्रदेशका सवै सदस्यले नीति तथा कार्यक्रममाथि धारण राखेका थिए । प्रतिपक्ष दल एमाले र राप्रपाले नीति तथा कार्यक्रममा पुरानै योजना, केन्द्रबाट साभार गरिएको र गति नलिने जस्ता कार्यक्रम समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । सत्तापक्षले भने, सरकारले सवै वर्गलाई छुने नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *