गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया

Share this post :

Facebook
Twitter
WhatsApp

गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबारदेखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलोपटक ३२ वर्षिया महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्म दिएको अस्पतालले जनाएको छ ।
वालिङ नगरपालिका–६ महिलाले शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ठकाले जानकारी दिए । उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसंगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । यो सेवालाइ अझ सुविधायुक्त बनाउदै लाने योजना उनले सुनाएका छन् ।
विशेषज्ञ चिकित्सक नारायणबहादुर गोदार र सुरज ढकालसहित स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको हो । वालिङ नगरप्रमुख कृष्ण खा“णले पदभार ग्रहण गर्दा वालिङ नगरपालिकामा महिलालाइ परेको समस्या सामान्य शल्यक्रियाको लागि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने बताएका थिए । वालिङ गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेका गरेका खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *