अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस मनाइएको छ । संग्रहालयको परिसरभित्र तेजपत्ताको विरुवा लगाएर सहभागीहरुले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । प्लाष्टिकजन्य वस्तुको निरुत्साहित गर्नुपर्नेमा उनीहरुको धारण थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तेजपत्ताको विरुवा रोप्दै सय वर्षको परिवर्तन चाहने हो भने एउटा विरुवा वृक्षरोपण गर्नुपर्ने विचार राखे ।

सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको भनाई थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरे । वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हुँदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।

संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् । ‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् । वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *