संक्रमण तथा सरुवा राेग अस्पतालमा मन्त्रीकाे अनुगमन

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरा । गण्डकी प्रदेशको पहिलो संक्रमण तथा सरुवा राेग अस्पताल गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री सुशीला सिंखडाले अनुगमन गरेको छिन ।

अस्पतालकाे अनुगमन गर्दै बाहिरबाट हेर्दा र भित्र पनि अस्पतालकाे राम्रो छबि रहेको बताईन् । व्यवस्थापन कसरी भएको छ भन्नेमा जिज्ञासा राख्दै एकछिनमा हेरेर राम्रो र नराम्रो मुल्यांकन गर्न नसकिने बताईन ।

अस्पतालमा विभिन्न रहेको भन्दै अस्पतालका समस्या बिस्तारै समाधान गर्दै लैजाने उनले बताईन सरकारकाे तर्फबाट सक्ने पहिलो गर्ने जानकारी दिईन ।

स्वास्थ मन्त्रालयका सचिव विनोद बिन्दु शर्मा अस्पतालले राम्रो सेवा दिएको बताए । काेभिडकाे समयमा मेडिकल क्षेत्रकाे अस्पतालका कर्मचारीले महत्त्वपूर्ण काम गरेको बताए ।

अस्पताल निर्देशक डा बिकास गैचन काेभिड समयमा धेरै बिरामीको उपचार भएको जानकारी दिए । ४.१ प्रतिशत बिरामीको मात्र मुत्यु भएको छ । काेभिड १९ का १ हजार ३ सय ८० बिरामीको भर्ना गरेर उपचार गरिएको थियो । हजारौंकाे काेभिड परिक्षण गरिएको थियो ।

बिरामीकाे अस्पताले नै डिजिटल प्रणाली बाट रेकर्ड राख्दै आएको । सबै बिरामी रिपोर्ट सहितको रेकर्ड राखिएको उनलेे जानकारी दिए ।

५० शैयाकाे अस्पताल रहेको छ । ९१ जनाकाे दरबन्दी रहेको अस्पतालमा अहिले ७६ जना मात्र रहेको छन । करिब ५ सय राेपनी क्षेत्रलफलमा फैलिएको अस्पतालमा १ सय भाैतिक संरचना बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *