पूर्वमेयर गिरीकाे सवारी दुर्घटनामा मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको चापाकाेट नगरपालिकाका पूर्व मेयर शिव गिरीकाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजे राङखाेलाबाट स्याङ्जा बजार आउने क्रममा स्कारपियाे अनियन्त्रित भई खस्दा घाइते भएका ६० वर्षिय गिरीलाई उपचारकाे लागि जिल्ला अस्पताल लगिएकाे थियाे ।

उपचारकाे क्रममा चिकित्सकले गिरीलाई मृत्त घाेषणा गरेकाे जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । सिद्वार्थ राजमार्ग स्याङ्जा सडकखण्ड अन्तगर्त पुतलीबजार नगरपालिका-१० बरजामा बा १५ च १७०९ नम्बरकाे स्कारपियाे खसेकाे थियाे ।
गिरी चापाकोट नगरपालिका-४ दर्सिङका हुन् । गिरीकाे शव अस्पतालमै राखिएकाे छ । चालक पुतलीबजार-९ कोल्मा बस्ने बर्ष ३२ वर्षिय सुरज नेपाली र स्कारपियोलाई प्रहरीले नियन्त्रणमामा लिएकाे जनाएकाे छ । स्कारपियो पुर्णरुपमा क्षेती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *