प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीसँग जानकारी लिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए । सो क्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराए ।
मेलम्चीमा आएको बाढीले आसपासका ४ सय घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्नुपरेकाे समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिए ।
प्रधानमन्त्री प्रचण्डले भने, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयलाई प्राथमिकतामा राखिने छ ।´प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई गम्भीरतापूर्वक लिएकोसमेत बताए ।