असार १ गते आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्व ४२ करोड ७२ लाखको बजेट ल्यायाे । तर, उक्त बजेटले भने, विदेशबाट नेपाल फर्किएका र घर गाउँमै केही गराै, आर्थिकाेपार्जन गराै भन्नेका लागि सम्बाेधन भएन ।
सरकारले मन्त्रालयपिच्छे कयाैँ नारासहितको बजेट अघि सारे पनि गाउँमै टिकाउने बजेट नसमेटिएकाे युवायुवतीकाे भनाइ छ । ‘विदेशबाट विभिन्न व्यवसायीक क्षेत्रमा अनुभव प्राप्त गरि दक्ष बनेर सीप सिकि आफ्नै माटोमा लगाउन उत्साहितहरूका लागि कुनै कार्यक्रम समेटिएन’ उनीहरूले भने ।
नागरिकलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने नेपाल सरकारको नीतिलाई समेत गण्डकी सरकारले पालना गर्न सकेन । आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सार्वजनिक गरेको बजेट बक्तव्यको १३० नम्बरको जम्मा एउटा बुँदामा मात्र उधमी युवालाई समावेश गरिएको छ ।
उधमी युवा समृद्व प्रदेश निर्माणमा टेवा भन्ने नाराका साथ युवा लक्षित कार्यक्रम संचालन गर्न १ करोड रूपैयाँ बजेटमा विनियोजन गरिएको छ ।