गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आत्महत्या बढ्दै गएकाे बताउदै यसकाे बहस अहिलेकाे आवश्यकता रहेकाे बताईन् । युवा पुस्तामा आत्महत्याकाे संख्या बढ्दैगएकाे बताउदै उनले आत्महत्या न्यूनीकरण गर्न जरूरी रहेकाे बताइन् । शिक्षा, स्वास्थ्य, सामाजिक विभेद, पारिवारिक समस्याका कारणा आत्महत्या गर्ने उदाहरण दिदै उनले समाजका समस्याबारे सबै जिम्मेवार हुनुपर्ने उनकाे तर्क छ ।
विश्व स्वास्थ्य संगठनकाे सहकार्य र स्वास्थ मन्त्रालय अन्तगर्त राष्ट्रिय शिक्षा सूचना तथा संचार केन्द्रकाे आयाेजनामा आयाेजित आत्महत्या रिपोर्टिङ सम्बन्धि पत्रकार कार्यशाला गाेष्ठीमा उनले
मन्त्रालयका स्वास्थ्य सचिव विनाेदविन्दु शर्माले आत्महत्याका घटना डर लाग्दाेरूपमा बृद्वि भएकाे बताए । वार्षिक ६ हजार ८ सय ३० घटना घट्नै आफैमा डर लाग्दाे रहेकाे बताए ।
भक्तबहादुर केसीले आत्महत्या न्यूनीकरण र राेकथाम गर्न असम्भव भने नरहेकाे बताए । जनस्वास्थ्यकाे समस्यामध्ये आत्महत्या पनि एउटा समस्या रहेकाे बताउदै उनले आत्महत्या निरूत्साहित गर्न मिडियाकाे पनि महत्त्वपूर्ण भूमिका रहने बतए ।
प्रमुख प्रशिक्षक बासुदेव कार्किले ९० प्रतिशत घटना आत्महत्यासँग जाेडिने बताए । नसर्ने राेगमध्ये १२ प्रतिशत समस्या मानसिक अपांग गराउने १० समस्यामा ५ वटामा मानसिक स्वास्थ समस्या रहेकाे, २० प्रतिशत बालबालिका तथा किशाेरकिशाेरी भावनात्मक, व्यवहारिक तथा अन्य मानसिक स्वास्थ्य समस्या रहने बताइएकाे छ ।
मानसिक स्वास्थ्य समस्या २४ व्षभन्दा अघिकाे उमेर समूहमा देखिने पनि बताईएकाे छ । यस्तै आत्महत्या १५ देखि २९ वर्षका युवायुवतीले बढी गर्ने गरेकाे तथ्यांक उनीहरूकाे छ ।