कास्की प्रहरीले फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३१ नहरचोक बस्ने वर्ष ३६ को हरी नेपाली र मुस्ताङ थासाङ गाउँपालिका-३ घर भई हाल पाेखरा-१२ चापापमनी बस्ने ३३ वर्षिय नविन गौचन रहेका छन् ।
नेपालीलाई उच्च अदालत पोखराकाे गत कार्तिक २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र २० लाख जरिवाना फैसला गरेकाे थियाे । गाैचनलाई कास्की जिल्ला अदालतको गत कार्तिक ३ गतेकाे फैसलाले जुवातास मुद्दामा २४ दिन कैद सजाय र १६ सय रूपैयाँ जरिवाना ताेकेकाे थियाे । अदालतकाे फैसलापछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जेठ ७ गते पक्राउ गरी अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणाकुमार विकले जानकारी दिए ।
Post Views: 24