छाेरी जन्मनेबित्तिकै मुद्वति खाता

Share this post :

Facebook
Twitter
WhatsApp

बाग्लुङ नगरपालिकाले अव छाेरी जन्मनेवित्तिकै मुद्दती खाता खाेलिदिने भएकाे छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शुक्रबार सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा छाेरी बचाउ अभियानलाई साथ दिने बताए ।

१३ अाै नगरसभामा उनले ‘नगरकाे छाेरी’ अभियान चलाउने बताएका हुन् । नपाले छाेरी जन्मिएपछि ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने व्यवस्था गरिएको हो । अभिभावकले सक्ने भएमा उक्त रकममा थप गर्न लगाउने र कम्तिमा २० बर्ष झिक्न नमिल्ने कार्यविधि बनाइने छ । उक्त रकम निरन्तर राख्दा ६५ वर्ष उमेर पुग्दा कम्तीमा ४ करोड रकम पुग्ने अनुमान गरिएको छ ।

पछिल्लोसमय भुणा हत्या बढी हुन थालेकाे बताउदै यसलाई राेक्न याे अभियान सुरू गर्न लागिएकाे बताउदै नगरप्रमुख श्रेष्ठले वित्तिय संस्थासँग सम्झौता गरि तत्काल कार्यान्वयनमा लगिने जानकारी दिए । यो नीतिले दूर भविष्यमा सामाजिक सुरक्षा भत्ताको भारसमेत हटाउने उनकाे तर्क छ ।

नगरपालिकाले २०८० साललाई बालबालिका वर्षको रुपमा मनाउने नीतिसमेत लिएको छ । नगरप्रमुख श्रेष्ठले गत वर्ष पदभार ग्रहण गरेको दिन बागलुङलाई बालमैत्री नगर बनाउने निर्णय गरेका थिए । आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न आवश्यक सूचक पूरा गर्ने अभियान चलेको छ । बाल अधिकारका लागि बालमैत्री स्थानीय शासन भन्ने नारासमेत नगरले तय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *