चालू आर्थिक वर्षकाे लागि गण्डकी प्रदेश सरकारले ल्याएकाे कुल बजेटमध्ये ३ अर्व २९ कराेड रूपैयाँ अर्थ विविध काेषमा राखेकाे थियाे । आर्थिक मामिला मन्त्रालयले अत्यावश्यककाे लागि उक्त काेषमा बजेट राख्ने प्रचलन छ ।
साे रकममध्ये सरकारले १ अर्व ४४ कराेड रूपैयाँ खर्च गरेकाे आर्थिक मामिला मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका सूचना अधिकारी केशव सुवेदीले उक्त रकम अन्तर्गत एक निर्वाचन क्षेत्रमा २ कराेडकाे दरले प्रदेशका ३६ निर्वाचन क्षेत्रमा पूर्वाधार क्षेत्र कार्यक्रममार्फत ७२ कराेड रूपैयाँ खर्च गरिएकाे बताए ।
मन्त्रालयकाे तथ्यांक अनुसार सरकारले साेही काेषबाट खर्च हुने गरि एक निर्वाचन क्षेत्र एक कृषि सडक अन्तर्गत पनि प्रदेशका ३६ निर्वाचन क्षेत्रमा ३६ कराेड खर्च गरेकाे छ । यस्तै, नयाँ र पुराना गरि विकास निर्माणका याेजनामा ३६ कराेड रूपैयाँ रकम रकमान्तर गरिएकाे मन्त्रालयले जनाएकाे छ । सरकारले चालू आवकाे लागि ३५ अर्व ९० कराेड ९० लाखकाे बजेट सार्वजनिक गरेकाे थियाे ।
