पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्व १५ करोड १५ लाख १६ हजारको बजेट सार्वजानिक गरेको छ । आइतबार १३ औँ नगरसभामा उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजानिक गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रूपैयाँको बजेट ल्याएको थियो ।
महानगरले बजेटमा पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएको छ । पूर्वाधारतर्फ २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यतर्फ १० करोड, शिक्षातर्फ १८ करोड, वडाहरूका लागि ७२ करोड ६० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरेको छ ।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड, ८७ लाख, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रूपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार कम हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *