गाउँका जनतासँग प्रधानमन्त्री प्रचण्ड

Share this post :

Facebook
Twitter
WhatsApp

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।

शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका-२ का स्थानीय जनतासँग अन्तरक्रिया गरेका हुन् । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सो वडाका अध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेकाे योगदानको प्रशंसा गर्दै आगामी दिनमासमेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरे ।

सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसँग समेत अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।

स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयबारे सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *