गण्डकीकाे बजेट बहुमतले पारित

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारकाे आगामी आर्थिक वर्षकाे बजेट शुक्रबार बसेकाे प्रदेशसभाकाे वैठकमा बहुमतले पारित भएकाे छ । वैठकमा सांसदले बजेटमाथि छलफल गरेका थिए । प्रतिपक्ष सांसदले बजेटकाे आलाेचना गरेका थिए भने, सत्तापक्षका सांसदले बचाउ गरेका थिए ।

चालु आर्थिक वर्षको भन्दा २ अर्व ४८ करोड १८ लाखले घटाउदै सरकारले असार १ गते ३३ अर्व ४२ कराेड ७२ लाखकाे बजेट सार्वजनिक गरेकाे थियाे । कुल बजेटमध्ये चालुगततर्फ १२ अर्व ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँतीगततर्फ २० अर्व १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत ल्याइएको थियाे ।

सरकारले ल्याएको गण्डकी प्रदेशको आगामी वर्षको बजेटमा आर्थिक वर्ष २०७५/७६ देखिका क्रमागत योजनालाई निरन्तरता दिईएकाे छ । बजेटमा भाैतिक पूर्वाधार मन्त्रालयका (सडक) याेजना ३० लाख भन्दा तल र खानेपानी र सिँचाइमा १० लाख भन्दा साना याेजना समेटिएकाे थिएन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल र बाग्लुङ २ काे २ बाट निर्वाचित गण्डकीका सांसद द्राेणकुमार गुरूङले असार १८ गतेकाे प्रदेशसभा वैठकमा तिव्वत स्वायत क्षेत्रबाटसमेत प्रतिनिधित्व गरेका माननीय बन्ने शब्दलाई लिएर पटकपटक संसद अवरुद्ध गरेकाे थियाे । सत्ता र प्रतिपक्षबीच सांसद गुरूङकाे उक्त भनाई रेकर्डबाट हटाउने सहमति भएकाे थियाे । वैठकमा प्रदेशसभा नियमावली पनि पारित भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *