भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा र छोरा मोहनको पहिरोमा परी मृत्यु भएको छ ।केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढी/पहिरोले जनधनको क्षति गरेको छ ।
Post Views: 21