प्रधानमन्त्रीपत्नी सीताको निधन

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको शर्माले जनाएका छन् ।
सीता दाहालको पार्थिव शरीर विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा राखिने र अन्तिम संस्कार दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीता दाहाललाई उपचारको लागि यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुर लैजादा पनि रोग निको भएको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *