अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । हङकङबाट ल्याईएकाे उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।
मंगलबार राती १० बजे उक्त सुन ल्याईएकाे हाे । क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको बताईएकाे छ । नेपालमा यतिधेरै सुन भित्रिएर बरामद गरिएकाे याे पहिलाेपटक हाे । यसअघि ८८ केजी सुन बरामद भएकाे थियाे ।
Post Views: 23