विदेशी मुद्रासहित विमानस्थलबाट ४ जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

विदेशी मुद्रासहित काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना नेपाली पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको हाे ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *