ललिता निवासको जग्गामा नक्कली मोही खडा भएका छन् । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाले नक्कली मोहीलाई प्रतिरोपनी ६ लाख रुपैयाँसम्म दिएर हडपेको खुल्न आएको छ ।
किर्ते कागजातका आधारमा नक्कली मोहीका नाममा जग्गा लगिएको र लगत्तै मोही बनाइएकालाई उक्त रकम दिएर भूमाफियाले आफू र परिवारका सदस्यका नाममा लगेको अनुसन्धानबाट खुलेको हो । कर्मचारीलाई हातमा लिएर किर्ते कागजात तयार पारी गिरोहले जोतभोग गर्न दिएका किसानलाई ललिता निवासको जग्गामा मोही दाबी गर्न लगाएको र मोहीका नाममा गएलगत्तै आफू र परिवारका नाममा लगेको अनुसन्धानबाट पत्ता लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्नविरुद्ध किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान जारी राखेको छ ।
Post Views: 21