सरकारले इम्बोस्ट नम्बर जडान अनिवार्य गरेको छ । इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नगर्ने तयारीसमेत सरकारको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको जनाएको छ ।
उक्त घोषणापत्रमा आगामी कार्तिक मसान्तभित्र सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने उल्लेख छ । त्यसपछि निजी सवारी साधनमा पनि इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य बनाइनेछ । स्मार्ट लाइसेन्स छपाइ र वितरणका लागि बजेट नै छुट्याएका बागमती, मधेस, कोसी र कर्णाली प्रदेशमा स्मार्ट कार्ड छपाइका लागि प्रिन्टर तथा कार्ड खरिद प्रक्रिया अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
Post Views: 25