पोखरा महानगरमा मलको मूल्य निर्धारण

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।

महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखरा, महानगर सहकारी शाखा, महानगर सहकारी समिति, उपभोक्ता सहकारी संघ लगायतका प्रतिनिधिको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।

मल डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैशादेखि २१ रुपैया ५ पैशासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैशा र पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैशादेखि ३८ रुपैयाँ ५ पैशासम्म तोकिएको छ । मल वित्र्रmेताले प्लाष्टिक झोलाको मुल्य प्रतिकिलो थप लिन सक्ने छन् ।

बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेको छ । यसका लागि गत आवमा विक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मुल्यमा सहजरुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपी र पोटास गरेर १९७७ .६५ टन मल खपत भएको छ । गत आर्थिक वर्षमा पोखरामा युरिया १२२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषिचुन २.१ टन खपत भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *