पाेखरा-३२ तालखाेलामा अस्थायी पुल बनाइने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका-३२ तालखाेलामा अस्थायी पुल बनाईने भएकाे छ । बडहरे जाने बाटोमा रहेकाे उक्त जीर्ण पुलमा स्थानीय अहिले पनि जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ । उक्त जाेखिमलाई मध्येनजर गर्दै गण्डकी प्रदेश सरकारले अस्थायी पेल बनाउने जनाएकाे छ ।

सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले आइतबार जोखिमयुक्त पुलको स्थलगत निरीक्षण गरेकाे थियाे । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले १० दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको बताए ।

पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावका कारण कार्यान्वयन नभएकाे बताउदै वडाध्यक्ष कार्कीले दिर्घकालीन समस्या समाधानका लागि पक्की सडक पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरिएकाे बताए ।

मन्त्रालयका योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँ, साेही वडाका वडाध्यक्ष अक्कलबहादुर कार्की लगायतले जीर्ण पुलकाे अनुगमन गरेका थिए । तालखोलामा आवतजावत गर्न बनाइएको पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका दुई सय घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थी तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका छन् ।

आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्यामाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने अवस्था छ । बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार गर्न सक्दैनन् । पुलबाट खसेमा खोलाले बगाउने अवस्था छ । सो पुलको कहालीलाग्दो दृष्यले दुर्गम र विकट ठाउँको झल्को दिने मन्त्री जुग्जालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *