धरम र केबी जोडीलाई मनसुन कप

Share this post :

Facebook
Twitter
WhatsApp

मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो ।
पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले निकाल्दै यो जोडीले खेल आफ्नों पक्षमा पारेको हो । प्रतियोगितामा राज गुरुङ्ग इनर्जेटिक खेलाडी घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक विरेन्द्र लामा, खेलाडी तथा आयोजक संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार प्रधान गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि कायस्थले पोखरामा सञ्चालन हुने यस्तै प्रतियोगिताहरुले यहाँ उत्कृष्ट खेलाडी उत्पादनमा सहयोगी भएको बताए । चाइनामा हुने एशियाडका लागि छानिएका पोखरेली दुई खेलाडी तालिमका लागि अभिषेक बाँस्तोला स्पेनमा तथा प्रदीप खड्का बैङलोर गएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *