मानव बेचविखन तथा ओसारपसार मुद्वामा महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले साउन ११ गते गोरखाकाे पालुङटार स्थायी घर भइ हाल पोखरा महानगरपालिका-८ सृजना चोकस्थित खाजाघर संचालन गरि बस्ने ६० वर्षिया पार्वती काराखेतीलाई पक्राउ गरेकाे हाे ।
साउन ६ गते पाेखरा महानगरपालिका-८ सृजना चाेकस्थित एक हाेटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी बोलाएर यौनजन्य क्रियाकलापमा लगाएकाे सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ परेकी ती महिलालाई आईतवार जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ५ दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
Post Views: 25