प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि वैठक केही दिनको लागि स्थगित भएको छ । क्विन्टल सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।
एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गरेको हो । एमालेले साउन १० गतेदेखी लगातार प्रतिनिधिसभाको वैठक अवरोध गर्दै आएको छ । सोही विषयलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार संसद वैठकलाई सम्बोधन गरेको थिए । सीआईबीले छानविन गरेको मुद्दालाई सवैले सहयोग गर्नुपर्ने बताउदै उनले त्यसमा चित्त नबुझे मात्र छानविनका लागि सरकार तयार रहेको बताए । गृहमन्त्रीको जवाफपछि नै एमालेलेले संसद अवरोध गरेको थियो ।
एमाले निकट व्यापारी सुन तस्करीमा परेपछि उनीहरुलाई छुटाउनुपर्ने र यी मुद्दा छानविन नगर्न एमालेले सरकारसंग आन्तरीक सहमति मागेको स्रोतले जनाएको छ । सरकारले सुन तस्करी र भ्रष्टाचारका मुद्दा मिलापत्र नगर्ने भन्दै अनुसन्धानको प्रक्रिया अगाडि बढाएपछि एमालेले नियमित संसद अवरोध गरेको आरोप खेप्नुपरेको छ । सरकारले खोलेका सुन र भ्रष्टाचारका फाइल बन्द नगर्दासम्म एमालेले संसद अवरोध गरिरहने स्रोतले जनाएको छ ।
