केही दिनदेखी निरन्तर परेको झरीका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ सडकखण्ड भाँसिएको छ । व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भाँसिएको हो । जसले राजमार्ग नै अवरुद्ध भएको छ । बुधबार करिब साढे १२ बजे सडक भासिँदा दमौली–थर्पु सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत उक्त स्थानमा सडक फराकिलो बनाउने काम भइरहेको छ । सडक भासिँदा दुवैतर्फका सवारी साधन रोकिएका छन् । राजमार्ग अवरुद्ध हुँदा ओहोरदोहोर गरेका यात्रु अलपत्र परेका छन् ।
Post Views: 30