ओैषधीकाे प्रयाेग गरेर गर्भपतन गराउने महिलाकाे संख्या पछिल्लोसमय बढ्दै गएकाे छ । ओैषधीकाे माध्यमबाट सुरक्षित गर्भपतन गराउनकाे संख्यामा बृद्वि आएकाे जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकाे तथ्यांकमा उल्लेख छ ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराए । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना छन् ।
कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराए । २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका छन् । कार्यालयका अनसार हरिनाशमा एक सय ६६, अर्जुनचौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।
त्यस्तै, भिरकोटमा एक सय आठ, चापाकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराए । औषधि खुवाएर गराइने गर्भपतन सेवा, सुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उनले बताइन् । उनले उपकरण प्रयोग गर्नुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको सङ्ख्या बढी देखिएको दाबी गरिन् ।
स्वास्थ्य कार्यालयले नीजि क्षेत्रमा गएर गर्भपतन गराउनेकाे संख्या भने समेटिएकाे छैन् । जिल्लामा असरक्षित (अवैधानिक) गर्भपतन गराउनेकाे संख्या पनि छ । तर, कार्यालयले त्यस्ताे संख्या भने समेट्न नसकिने जनाएकाे छ । यसाे त, स्याङ्जा प्रदेश राजधानी पाेखराबाट नजिककाे जिल्ला पर्दछ । यहाँबाट गर्भपतन गराउन नीजि संस्था खाेज्दै महिला पाेखरा धाउने गरेकाे कार्यालयले जनायाे । पाेखरामा गराउने संख्या भने जाेडिएकाे हुँदैन । कार्यालयले बताए अनुसार अन्यत्र गर्भपतन गराएकाे संख्या जाेड्न पाउने हाे भने जिल्लामा गर्भपतनकाे संख्या डर लाग्दाे तरिकारले बढेकाे छ । यसलाई नियन्त्रण गर्न पनि स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्याक्रम संचालन गर्दै आएकाे कार्यालयले बताएकाे छ ।