मन्त्री सुशीला सिम्खडाको सय दिनको मुख्य उपलब्धि सार्वजानिक

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आफ्नो सय दिनको मुख्य मुख्य उपलब्धि सार्वजानिक गरेकी छन् । बुधबार पत्रकारसंग भेटघाट गर्दै उनले आफ्नो कार्यकालमा भएका स्वास्थ्य, सामाजिक र खेलकुदतर्फका मुख्य उपलब्धी सार्वजानिक गरेकी हुन् । प्रदेश सरकारले चालु आवको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताउदै मन्त्री सिम्खडाले डायलायसिस सेवालाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।

गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ स्वास्थ्य संस्थामा डायलायसिस सेवा उपलब्ध छ । प्रदेशमा पाँच सय ७६ जनाले नियमित डायलायसिस सेवा दिइरहेका छन् भने २०३ जना सेवाको पालो पर्खाइमा छन् । अहिले तीन सय जना पालो पर्खाइमा छन् । तीन महिनापछि पर्खाइमा बस्ने विरामीको संख्या शून्यमा झार्ने तयारीमा रहेको उनले सुनाइन् ।
प्रदेश सरकारले पोखरामा सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २५ शैयाको डायलायसिस केन्द्र सञ्चालन गरेको छ । साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले यो अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश सरकारले दमौली, लमजुङ, स्याङ्जा र पर्वतका अस्पतालमा दुई/दुई डायलायसिस मेसिन थप गरेको छ । सङ्क्रामक अस्पतालका २५ मध्ये १२ मेसिन अहिले चलाइएको छ । मेसिन सञ्चालनका लागि १३ जना स्टाफ नर्सले काठमाडौंमा तालिम लिएर अस्पताल फर्किइसकेका छन् । चाँडै डायलायसिस केन्द्रका सबै मेसिन चलाउने तयारी छ । २५ वटै मेसिन चलेपछि दिनमा ७५ जनालाई सेवा दिन सकिन्छ । यो केन्द्रलाई पूर्ण क्षमतामा चलाउने र जिल्लाका अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध गराएर तीन महिनाभित्र डायलायसिस सेवाका लागि पर्खिनेको सङ्ख्या शून्यमा झार्ने योजना मन्त्रीले सुनाइन् ।

मन्त्री सिंखडाले ४६ बुँदे कार्यकालका उपलब्धि सार्वजनिक गरेकी छन् । ती उपलब्धी जस्ताकोतस्तै :

पदभार ग्रहणः २०८० वैशाख २६ गते ।

(क) स्वास्थ्य क्षेत्रतर्फः

१. गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा स्वास्थ्य संस्थाबाट डायलायसिस सेवा प्रदान गरिदै आएको छ । प्रदेश भित्रका ५७६ जना बिरामीहरुले डायलायसिस सेवा लिइरहेका र ३०३ जना डायलायसिस सेवाको पर्खाइमा रहेकोले उक्त संख्यालाई शून्यमा झार्ने उद्देश्यका साथ संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन गरी २५ शैय्या क्षमताको डायलासिस केन्द्र स्थापना गरी संचालन गरिएको ।

२. संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा डायलासिस केन्द्र स्थापना गरी संचालन गर्नका लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/०४/२४ को बैठकबाट विशेषज्ञ चिकित्सक सहित ४८ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भएको ।

३. प्रदेश अन्तर्गतका सबै अस्पतालको डायलायसिस सेवा सुचारु कार्यक्रमलाई निरन्तरता दिई थप व्यवस्थित बनाइएको । साथै दमौली, लमजुङ, स्याङ्जा र पर्वत अस्पतालमा २/२ थान डायलाइसिस मेशिन थप गरी संचालन गरिएको ।

४. प्रदेश सरकार मातहतका मनाङ, मुस्ताङ, स्याङ्जा र पर्वत अस्पतालहरुमा राष्ट्रिय आविस्कार केन्द्र मार्फत, संक्रामक तथा सरुवा रोग अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा विश्व स्वास्थ्य संगठन (WHO) मार्फत तथा गोरखा, लमजुङ, बेनी, धौलागिरी, दमौली र मातृशिशु मितेरी अस्पतालहरुमा निक साइमन ईन्ष्टिच्यूट (NSI) मार्फत Electronic Medical Record [EMR] प्रणाली सञ्चालन गरिएको।

५. अस्पताल/प्रयोगशालाबाट नियमित स्वास्थ्य सेवा एवं परिक्षणको अतिरिक्त हाल दिइरहेको विशेष सेवाहरु (Dialysis Service, ICU / PICU / HDU / Ventilator Service, Safe Delivery Service आदि) नियमित सञ्चालन तथा निरन्तरताको लागि थप जनशक्तिको अस्थायी दरवन्दी स्वीकृतीको प्रकृयामा रहेको ।

६. स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याई सोही बमोजिम कार्यक्रम र बजेटको व्यवस्था गरिएको ।

७. १० बर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथिको मानिसहरुलाई प्रदेश अन्तर्गतका सरकारी अस्पतालमा हुने प्रयोगशाला परिक्षणलाई निःशुल्क गरिएको ।

८. आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ नम्बरको सम्पर्क सहित एम्बुलेन्स Dispatch Centre को सेवा शुरुवात गरिएको ।

९. गोरखाको आँपपिपल र बागलुङको बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति सहितको व्यवस्थित संचालन गर्नको लागि सम्भाव्यता अध्ययनको शुरुवात गरिएको ।

१०. चालु आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि मापदण्ड तयारी गरी स्वीकृतिको चरणमा रहेको।

११. प्रदेशभर महामारी निगरानीको लागि सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस प्रणाली (SORMAS) लागू गरिएको ।

१२. स्वास्थ्य तालिम केन्द्र भवन निर्माणको शिलान्यास भई निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको ।

१३. गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरूको विरामीको चापलाई ध्यानमा राखी स्तरोन्नतिका लागि अध्ययन कार्य सम्पन्न भएकफ र स्तरोन्नति गर्ने प्रक्रियामा रहेको ।

१४. जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत हवाई उद्दार (Air Lifting) गर्ने कार्य निरन्तर रहेको । उक्त कार्यक्रम थप व्यवस्थित रूपमा संचालन गर्नको लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” स्वीकृत भई मिति २०८० असार १० गते प्रदेश राजपत्रमा प्रकाशन भएको । यस हवाई उद्दार सेवाबाट गत आ.व. मा ६ जना एवं चालु आ.व. मा १ जनाको हवाई उद्धार गरिएको छ भने गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७४/०७५ देखि शुरुवात भएको गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत हवाई उद्दार कार्यबाट हालसम्म ६२ जना हवाई उद्दार गरिएको छ ।

१५. कोभिड- १९ विरूद्धको बुस्टर डोज मात्राको खोप सेवा निरन्तर भएको ।

१६. गण्डकी प्रदेशका तोकिएका २८ वटा स्थानीय तहहरूमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी सम्पन्न गरिएको ।

१७. लमजुङ अस्पताल, लमजुङमा “माइक्रोबायोलोजी कल्चर” सेवाको शुरुवात गरिएको ।

१८. जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रम सम्वन्धी बृत्तचित्र निर्माण गरिएको ।

१९. गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा स्थानिय तहका प्रमुख/ अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष / प्रमुख प्रशासकिय अधिकृत- ज्यूहरु एवं अन्य सरोकारवाला व्यक्तिहरुको सहभागितामा “गण्डकी प्रदेशका स्थानीय तहहरु वीच नवप्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रम” सञ्चालन गरिएको ।

२०. धौलागिरी अस्पताल, बागलुङबाट आकस्मिक र क्याविन बाहेकको अन्य १०० (ICU, NICU, SNCU सहित) शैय्या बेड सर्वसाधारणका लागि निःशुल्क गरिएको ।

२१. स्याङ्जा, तनहुँ, नवलपुर र पर्वत जिल्लामा देखा परेको ठेउला (Chicken pox) को प्रकोप नियन्त्रण एवं व्यवस्थापनको लागि आपतकालिन प्रतिकार्य टिम (RRT) परिचालन गरी नियन्त्रणमा लिईएको ।

२२. हालसालै प्रकोपको रुपमा गण्डकी प्रदेशको सवै जिल्लाहरुमा देखा परिरहेको आँखा पाक्ने रोग सम्वन्धमा मन्त्रालय मातहतका सबै निकायहरु, प्रदेश भित्रका सरकारी, निजी तथा गैरसरकारी अस्पताल लगायत सरोकारवालाहरुसंग समन्वयात्मक बैठक गरिएको, मन्त्रालयले WHO को समन्वयमा हिमालयन आँखा अस्पतालबाट १५ वटा नमुना संकलन गरि रोगको प्याथोजेन परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको, आँखा पाक्ने रोगको रोकथाम, उपचार तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयहरु मार्फत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य कार्यलयहरु, द्रुत प्रतिकार्य टोली, स्थानीय तह लगायत बिभिन्न निकायहरुसंग पैरवी, समन्वय तथा सहकार्य भैरहेको र सचेतनामूलक कार्यक्रम संचालनार्थ जनचेतनामूलक सामाग्री प्रकाशन गरी मन्त्रालयको वेवसाइट, फेसबुक र भाइबर ग्रुप मार्फत सम्प्रेषण गरिएको ।

(ख) सामाजिक विकासतर्फः

१. गण्डकी प्रदेश भित्र स्थानीय तहका सञ्चालन हुने कक्षा ८ को परीक्षालाई व्यवस्थित, मर्यादित तथा एकरुपता बनाउन आधारभूत तह (कक्षा १-८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८० निर्माण गरिएको,

२. प्रदेशस्तरीय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८० को मसौदा निर्माण गरिएको ।

३. बागलुङ जिल्लाको गल्कोट न.पा.ले बालमैत्री स्थानीय शासनयुक्त न.पा. घोषणाको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था गरी निर्धारित सूचकाङ्कहरु सबै पुरा गरेको हुदाँ मिति २०८० जेष्ठ १३ गते नेपालको २१औं, गण्डकी प्रदेशको तेस्रो र बागलुङ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा गरिएको ।

४. गण्डकी प्रदेश बाल अधिकार सम्वन्धी नियमावली मस्यौदा तयारी कार्य करीव अन्तिम चरणमा पुगेको ।

५. प्रदेश स्तरीय प्रदेश नेपालको शासन प्रणालीको बारेमा प्रदेश अन्तर्गतका युवालाई सुसूचित गराउने उद्देश्यका साथ प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको ।
६. दलित महिला संघ (फेडो) कास्कीसँगको सहकार्यमा स्थानीय तहका दलित जनप्रतिनिहरुसँग २ दिनको कार्यशाला सम्पन्न भएको ।

७. स्याङ्जा, पर्वत र गोरखामा जिल्ला स्तरीय प्राविधिक तथा व्यावसयिक शिक्षा र तालिमको सञ्जाल गठन गरिएको ।

८. युवाहरुको नेतृत्व तथा क्षमता विकास गरी स्वयंसेवी र मानव सेवा भावना विकास गर्नका लागि गण्डकी प्रदेश अन्तर्गत पर्ने विभिन्न विद्यालयका ३२ जना युवा शिक्षकहरुलाई स्काउट प्रशिक्षण गण्डकी प्रदेश स्काउट कार्यालयको सह-आयोजनामा नेपाल स्काउट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ।

९. गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भवन निर्माण स्थलको अनुगमन, निरिक्षण तथा स्थानियहरु संग अन्तरक्रिया ।

१०. गण्डकी प्रदेशका तर्फबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुको सम्मान र स्तर निर्धारणका लागि गण्डकी प्रदेश खेलकुद पदकको स्थापना गरिएको र उक्त पदक वितरण कार्यविधि तयारी गर्न गण्डकी प्रदेश खेलकुद परिषद सदस्यको सदस्य सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको ।

११. गण्डकी प्रदेशका खेलाडीहरु, प्रशिक्षक र रेफ्रीको सम्मान स्वरुप खेलाडी विमा तथा उद्दार र खेलाडी आश्रित बालबालिका अध्ययनको लागि छात्रबृत्तिको लागि खेलाडी
कल्याणकारी कोषको स्थापना गरिएको र उक्त कोष संचालन एवं व्यवस्थापन कार्यविधि तयारीको लागि ५ सदस्यीय समिति गठन गरिएको ।

१२. नेपाल क्रिकेट संघको आयोजनामा मिति २०७८ चैत्र ६ देखि ११ गते सम्म क्रिकेट खेलमैदान धनगढी, कैलालीमा संचालन भएको “सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप U-१९” प्रतियोगितामा यस प्रदेशलाई प्रथम स्थान दिलाउन सफल खेलाडीहरु, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई जनही रु. ५० हजार नगद पुरस्कार तथा प्रशंसा पत्रले सम्मान गरिएको।

१३ महिला अधिकारकर्मीहरुको दौड प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न गरिएको ।

१४. खेलकुदको दीगो विकासका लागि प्रत्येक जिल्लामा भएका खेलमैदान र कभर्डहल लगायतका पूर्वाधारहरुको विवरण संकलन गरिएको ।

१५. गण्डकी प्रदेशका हरेक खेलसंग सम्वन्धित जनशक्ति अन्तर्गत रेफ्री, प्रशिक्षक र प्रशिक्षण केन्द्रको तथ्याङ्क संकलनको लागि सूचिकृत गर्ने व्यवस्था गरिएको।

१६. प्रदेशबासी ओलम्पियनहरुसंग भेटघाट र अन्तरक्रियात्मक कार्यक्रम गरिएको ।

१७. SEE दिएर बसेका ११ जिल्लाका भलिबल खेलका ४० जना महिला खेलाडीहरुका लागि १० दिने विशेष प्रशिक्षण कार्यक्रम संचालन गरिएको । १८. लमजुङ अस्पताल, लमजुङमा पेनलेस डेलिभरी (दुखाई कम गरी सुत्केरी गराउने) र पत्थरीको शल्यक्रिया सेवा थालनी गरिएको ।

१९. गण्डकी प्रदेश सभाका माननीय सदस्यज्यूहरु र कर्मचारीहरुको प्राथमिक स्वास्थ्य उपचारलाई ध्यानमा राखी प्राथमिक स्वास्थ्य क्याम्प संचालन गरिएको ।

२०. मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरी मन्त्रालयका विविध समस्याहरु प्रदेशस्तरीय विकास समस्या समाधान समितिमा पेश गरिएको ।

२१. लक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामलाई यस मन्त्रालयबाट उपलब्ध गराईएको अनुदान रकम कार्यान्वयनको प्रति अवस्था बारे स्थलगत अवलोकन गरिएको ।

२२. कास्की जिल्लाको हेम्जा र छोरेपाटन तथा स्याङ्जा जिल्लाको फेदीखोला स्थित मानव सेवा आश्रमको अवलोकन गरिएको । साथै ती आश्रमहरुलाई लगाउने लत्ता कपडा र कास्की जिल्ला स्थित मानव सेवा आश्रममा रु.४ लाख वरावरको मानसिक रोग सम्वन्धी लगायतको औषधी समेत उपलब्ध गरिएको ।

२३. आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालयबाट सम्पादन भएका क्रियाकलापहरुको प्रगति समिक्षा गरिएको । साथै कार्यक्रम कार्यान्वयनको प्रगति झल्किने डकुमेन्ट्री समेत तयार गरिएको ।

२४. गण्डकी प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि बमोजिमको रिक्त पदमा विभिन्न निकाय, कार्यालय तथा शैक्षिक संस्थाहरुबाट आवश्यकताको माग संकलन गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *