गण्डकीमा माओवादीकाे जिल्ला ईन्चार्ज हेरफेर

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इन्चार्जको हेरफेर गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो ।

कास्कीको इन्चार्ज रहेका राजकाजी गुरुङ (करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी पोखरा महानगरपालिकाको इन्चार्ज रहेका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।कास्कीमा नेत्रनाथ अधिकारी (हिमाल) इन्चार्ज तोकिएका छन् । गण्डकी प्रदेशको पूर्वसभामुख समेत हुन् ।

यसैगरी माओवादीले तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौँ पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताको जिम्मेवारी तोकिएको जनाएको छ । पाेखरा महानगरपालिकामा पारसमणी शर्मालाई जिम्मेवारी दिएकाे छ । माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जको सरुवा गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *