एकैदिन अवैध लागूऔषधसहित पाँच जना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

एकैदिन अवैध लागूऔषधसहित पाँच जना पक्राउ
अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा पूर्वी रुकुम पुथाउत्तरगंगा गाउँपालिका–२ का ४१ वर्षिय दिपेश पुन, सोही पालिका–२ बस्ने ४० वर्षिय विराज पुन र बाग्लुङको निसीखोला गापा–५ का ४६ वर्षिय तेजेन्द्रबहादु पुन रहेका छन् ।

उनीहरुले अवैध लागूऔषध अफिम पूर्व रुकुमदेखि बेचबिखन गर्नको लागि पोखरा ल्याएको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उीहरुको निगरानी एवं खोजतलास गर्दै जादा शनिवार राती १० बजेको समय पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा बेच्नको लागि साथमा लिई हिँडेको अवस्थामा दिपेश पुनलाई अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ७ सय ग्रामसहित फेला पारी पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सोही लागूऔषध खरिद विक्रीको कारोबारमा संलग्न तेजेन्द्रबहादुर पुन र बिराज पुनलाई समेत राती नै पोखरा–५ लेकसाइडबाट पक्राउ गरिएको हो । प्रहरीले ३ सेट मोवाइल पनि बरामद गरेको जनाएको छ । अनुसन्धान प्रगति विवरणसहित प्रतिवादी उपर लागूऔषध कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट २० दिनको म्याद थप गरिएको छ ।

यसैगरी, प्रहरीले लागूऔषध डाईजापाम, फेनेरागज, नुर्फिन ११५५ एम्पुल र २०५ चक्की नाइट्रोभ्याटसहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ३२ वर्षिइ अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका–२९ भण्डारढिक बस्ने वर्ष ३४ को आशिक पौडेल रहेका छन् । ठकुरीलाई बुप्रिनर्फिनसमेतको अवैध लागूऔषध पोखरा बजारमा भित्राएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा शनिवार दिउँसो २ बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा–८ न्यूरोडस्थित सडकको पूर्व किनारामा ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडीमा रहेको अवस्थामा पक्राउ गरिएको थियो ।

पौडेललाई पनि त्यही भेटाएपछि प्रहरीले शरीर, गाडी र झोला खानतलासी लिएको थियो । गाडीभित्र झोलामा लुकाई राखेको अवस्थामा अवैध लागूऔषध बुप्रिनर्फिन २० एम्पुल, फेनेरागन २० एम्पुल, डाईजेपाम २० एम्पुल र नाइट्रोभ्याट ट्याब्लेट ५ चक्की फेला परेको प्रहरीले जनाएको छ । ठकुरीले माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित संचालन गरेको असना कृर्षी तथा पशुपक्षी फार्ममा आफू बस्ने कोठामा लुकाईछिपाई राखेको अवस्थामा बुप्रिनर्फिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल, डाईजेपाम ३६३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २ सय चक्की बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुबाट दुई सेट मोवाइल फोनसमेत बरामद गरेको छ । प्रतिवादी उपर लागूऔषध कसूर मुद्दा दर्ता गरी आइतबार कास्की जिल्ला अदालतबाट २० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *