स्याङ्जा प्रहरीले अवैध कपडा बरामद गरेको छ । गल्याङ् नगरपालिका–१ राम्दीस्थित सिदार्थ राजमार्गमा बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.१.ख ३८५४ नम्बरको हाईस चेकजाँच गर्ने क्रममा शनिवार प्रहरीले बरामद गरेको हो ।
नवलपरासीको सुनौल नगरपालिका–२ मुखियाटोलका अजय गुप्ताले अवैध रूपमा ल्याउदै गरेको जयपुरी पातलो कुर्ता ३० थान, बाक्लो कुर्ता २० थान र सुती साडी २० थान गरी जम्मा ७० थान बरामद गरिएको प्रहरीले जनाएको छ । अन्दाजी मूलय ४४ हजार बराबरको कपडा रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनले बरामद गरिएका कपडामाथि थप अनुसन्धान भइरहेको बताए ।
Post Views: 27