पहिराेका कारण उच्च जाेखिममा रहेका म्याग्दीका ११ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाे छ । लगातार परेकाे अविरल वर्षााका कारण अन्नपूर्ण गाउँपालिका-३ सुवागाउँका यी परिवारलाई आईतबार स्थानान्तरण गरिएकाे हाे ।
११ परिवारका ४० जनालाई सोही वडाको दाना द्वारीखोलामा रहेको वडा कार्यालय र खाली जमिनमा टेन्ट टाँगेर राखिएको छ । ११ परिवार अति जोखिममा परेको र १० परिवार जोखिममा परेको गाउँपालिकाले जनाएकाे छ ।
Post Views: 26