पर्यटनमन्त्री सुदन किरातीलाई पितृशाेक

Share this post :

Facebook
Twitter
WhatsApp

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उपचारकाे क्रममा बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

हर्कबहादुरकाे वीर अस्पतालमा निधन भएन हाे । उनी १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे निधन भएको बताईएकाे छ । मन्त्री कितातीले वुवा वितेकाे सामाजिक संजाल फेसबुकमा राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्री किरातीकाे वुवाकाे निधनप्रति सामाजिक संजालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दु:खको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *