प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संसद वैठकमा प्रश्नोत्तर कार्यक्रम राखिने भएको छ । भदौ १२ गते प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम हुने गरी समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि सभामुखले आग्रह गरेका छन् । यस पटकको प्रश्नोत्तर कार्यक्रममा समूह २ मा रहेका सांसदले प्रश्न सोध्न पाउने छन् ।
Post Views: 24