ठेक्का कम्पनीका कारण लाइसेन्सको छपाइ कार्यमा ढिलाई

Share this post :

Facebook
Twitter
WhatsApp

यातायात व्यवस्था विभागबाट ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा दुई महिनादेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को छपाइमा राेकावट आएकाे छ । वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेका लागि मात्रै फाट्टफुट्ट कार्ड छपाइ हुने गरेता पनि अन्यका लागि नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य रोकिएको यातायात व्यवस्था विभागले जनाएकाे छ । लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएका छन् ।
जर्मन कम्पनीले १२ लाख कार्ड डेलिभरी गर्नुपर्नेमा नगरेको विभागले जनाएकाे छ । विभागका अनुसार दसैंअघि नै १२ लाख कार्ड आउने थप अरु कार्डका लागि टेन्डर प्रक्रिया अघि बढाउनेगरी गृहकार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *