घटनाका मुख्य योजनाकार भारतको नयाँ दिल्लीबाट पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (स्याङ्जा)
आफ्नै साथीको हत्या गरेर फरार रहेका आरोपी भारतको नया“ दिल्लीबाट पक्राउ परेका छन् । गल्याङ नगरपालिका–८ बंग्रान्तीका २७ बर्षिय अमित परियार साथीको हत्यापछि श्रीमति र छोरी साथमा लिएर भारत पुगेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेल र प्रहरी जवान गमबहादुर क्षेत्री उनको पिछा गर्दै भारतको नयाँ दिल्ली पुगे ।
सुराकीको आधारमा ट्याक्सी लिएर गएका उनीहरुले अमितलाई शुक्रबार अशोक विहारबाट पक्राउ गरि नेपाल ल्याएका थिए । विहारबाट पनि परिवारसहित अन्यत्रै भाग्न तयारी रहेको अवस्थामा पक्रिएको प्रहरी निरीक्षक पौडेलले बताए । ‘अमितको श्रीमति र अरु आफन्तीले भारतीय प्रहरीले किन समाते भन्दै कराउन थाले’ उनले भने, ‘वरिपरीका सवै जम्मा भएर हामीलाई झम्टन थाले । ट्याक्सी र चालक स्टेनबाई राखेका थियौ । चालकले इशारा बुझ्यो झडप हुने अवस्था सुरु भएपछि हामी भाग्यौ ।’ अमिलाई सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
गल्याङ नगरपालिका–९ पारीचौरस्थित बेलचौर–सा“खर कच्ची सडकमा चैत ५ सा“झ ढुंगा लिएर आएको लु.अ.अ.फ. १०२० नम्बरको (अस्थायी नम्बर) ट्याक्टरबाट सहचालक गणेश गाहा खसेका थिए । गल्याङ नगरपालिका–८ का १९ बर्षिय गाहा ट्याक्टरबाट खस्दा घाइते भएका थिए । प्रहरीका अनुसार उनको टाउकोमा चोट लागेका थियो । अमितले चलाएको ट्याक्टरमा सहचालक गाहा र अर्का सहचालक २१ बर्षिय सुनिल राना थिए । घाइते गाहालाई दुईजना भएर कालीगण्डकी नदीमा लगेर फालिदिए । प्रहरीका अनुसार उनीहरु एकै ठाउ“का मिल्ने साथी हुन् । घटनाको दिन उनीहरु तीनै जनाले मादक पदार्थ सेवन गरेका थिए । गाहा घाइते भएको जानकारी भयो भने आफूहरु जेल जानुपर्छ भन्ने सोचले कालीगण्डकीमा लगेर फालिदिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘उपचार पाएको भए गाहाको मृत्यु हुने थिएन’ जिल्ला प्रहरी प्रमुख एसपी बोगटीले भने, ‘यदी उपचारको क्रममा मृत्यु भयो भने जेल जानुपर्छ । अहिले नदीमा बगाईदिए घटनाबारे कसैलाई जानकारी हुदैन भनेर नदीमा फालेका रहेछन ।’ प्रहरीकानुसार गाहाको शव शुक्रबार कालीगण्डकी किनारमा भेटिएको छ । कालीगण्डकीको घाट सा“खरस्थित ढुंगा लोड गरी आउने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए । राना र परियारले पुन बाटो मोडेर नदीमा लगि फालेको प्रहरीले जनाएको छ । घटना सहचालक रानाले दिदीलाई बताएपछि गत ८ गते सार्वजानिक भएको हो । दुवै जनालाई ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । घटनापछि चालक र सहचालक दुवैजना फरार थिए । सुनिललाई पाल्पा प्रहरीले पक्राउ गरेको हो । ‘घटनापछि फरार रहेका सुनिल पाल्पास्थित दिदीको घरमा पुगेका रहेछन्’ एसपी बोगटीले भने, ‘रानाले घटनाबारे दिदीलाई सुनाएछन् । आफूले केही नगरेको र अर्को साथी (चालक) अमितले नदीमा बगाइदिएको बताएछन् । दिदीले यस्तो कुरा लुकाउन हुदैन प्रहरीमा खबर गर्नुपर्छ भनेर भाइलाई लिएर प्रहरीकोमा गइछन् । पाल्पा प्रहरीले सोधपुछको लागि सुनिललाई नियन्त्रणमा लियो र हामीलाई खबर ग¥यो ।’
पाल्पा प्रहरीले स्याङ्जा र पाल्पाको सीमाना राम्दीसम्म ल्याइदिने र स्याङ्जाबाट प्रहरीको टोली लिने जाने सल्लाह बमोजिम वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक राम्दी पुगेका थिए । उनले सुनिललाई नियन्त्रणमा लिएर ८ गते नै हिरासतमा राखे । प्रहरीले सोधपुछ गर्दा सुनिलले आफूपनि संलग्न भएको र घाइते गाहालाई नदीमा फालेको स्वीकार गरेपछि परियारको खोजी गरिएको थियो । प्रहरीका अनुसार पीडितका आफन्तलाई यस विषयमा जानकारी थिएन । छोरो साथीभाईसंग बाहिर गएको होला भनेर परिवारले खोजी नगरेको प्रहरीले जनाएको छ । ‘घटनाको प्रमुख हिरो रानाको दिदी हुन’ एसपी बोगटी भन्छन, ‘उनले आफ्नो भाईको माया हुदा“हुदै पनि प्रहरीमा खवर गरेर दुवै जनालाई पक्रिन मद्दत गरिन् । पीडितले न्याय पाएको छ । यदी दिदीले नभनेको भए घटना यत्तिकै हुनेथियो । गाहा नदीमा नै वेपत्ता हुनेथिए । परिवारलाई छोरो जिउदो छ या मरेको थाहा हुनेथिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *