पहिरोले बाग्लुङमा दुई घर भत्किए, २४ घर उच्च जोखिममा

Share this post :

Facebook
Twitter
WhatsApp

निरन्तर परेको अवरिल वर्षाका कारण बाग्लुङमा पहिरो जाँदा दुई वटा घर भत्काएको छ । बाग्लुङ नगरपालिका–६ मैदानमा आएको पहिरोले २ घर भत्काएको प्रहरीले जनाएको छ । पहिरोले घर भत्किएपछि स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।
प्रहरीका अनुसार मैदानका १२ घर र सिमका १२ घर पहिरोको उच्च जोखिममा छन् । बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले जमुनाको परिवार छिमेकी बालकृष्ण आचार्य र सापकोटाको परिवारले छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको बताए । वर्षाको कारण वस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *