जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको शुक्रबार पोखरामा बसेको प्रदेश समितिको बैठकले विभागको जिम्मेवारी तोकेको बताएको छ ।
वैठकले कार्यालय समिति गठन गरेको छ । सदस्यमा तिलबहादुर गुरुङ र रेश गुरुङ रहेका छन् । यस्तै प्रदेश समितिको सल्लाहकार समितिको अध्यक्षमा धर्मराज गुरुङ रहेका छन् । संगठन विभागकोे प्रमुखमा गोपाल गुरुङ, संघीय मामिला तथा स्थानीय तह विभागको प्रमुखमा मधुकर न्यौपाने, महिला विभागको प्रमुखमा निशा गुरुङ, सूचना, सञ्चार तथा विज्ञान प्रविधि विभागमा चन्द्र तामाङलाई तोकिएको छ ।
महिला विभागको इन्चार्जमा मिमा गुरुङ, युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा राम तामाङ, शिक्षा विभागमा रमेश नेपाली, आर्थिक विभागमा तेजबहादुर थापा मगरलाई जिम्मेवारी दिएको छ ।
Post Views: 43