📅 Thursday, 17 September 2026 🔥 ट्रेन्डिङ: #ताजाअपडेट
ई-पेपर |

अरिङ्गालको टोकाईबाट युवाको मृत्यु

साझा गर्नुहोस्:
🎙️ यो समाचार सुन्नुहोस् (AI Player):

अरिङ्गालको टोकाईबाट स्याङ्जाको विरुवा गाउँपालिका–१ का २८ वर्षिय चेलिस श्रेष्ठको मृत्यु भएको छ । मंगलबार साँझ घर नजिकै रहेको जंगलमार अरिङ्गाल पोल्ने क्रममा श्रेष्ठलाई ६०/७० वटा अरिङ्गालले टोकेका थिए । घाइते श्रेष्ठलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उपचारको क्रममा उनको बुधबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार अरिङ्गाल पोल्न ६ जनाको टोली गएका थिए । ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

💬 पाठक प्रतिक्रिया

० टिप्पणी

✍️ आफ्नो विचार वा टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *