भारतविरुद्ध नेपालको १०० रन पूरा

Share this post :

Facebook
Twitter
WhatsApp

भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । एसिया कपअन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पल्लेकेल्ले रंगशालामा नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा सय रन पूरा गरेको हो । १०० रन पूरा भएसँगै नेपालले कुशल मल्ललाई पनि गुमाएको छ । उनी २ रन बनाएर पेभेलियन फर्किए ।
नेपालका कप्तान रोहित पौडेल ५ रनमै आउट भए । पौडेल रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माको हातबाट क्याचआउट भएका हुन् । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए । त्यस्तै भीम सार्की पनि ७ रनमै जडेजाको बलमा बोल्ड भए । अहिले आसिफ शेख ४५ रन बनाएर क्रिजमा रहेका छन् । भारतका लागि जडेजाले ३ र शार्दुल ठाकुरले १ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *