संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ५८ जना सहसचिवको सरुवा गरेको छ । संघिय, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।
अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेका अधिकारीलाई सीआइबीले मंगलबार बयान लिइरहेको छ ।
विभागको महानिर्देशक भएका बेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा उनलाई गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । कर, राजस्व र अध्यागमनमा रहँदा उनले सुन तस्करसँग सम्बन्ध बढाएको अनुमान सीआइबीको छ । राजस्व अनुसन्धानले छानबिन सुरु गरेको सुन र ललिता निवास जग्गा काण्डमा मुछिएका दुई सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
त्यस्तै ललिता निवास जग्गा काण्डमा मुछिएका सुशील वैद्यलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । वैध्य दाङको सीडीओ हुँदा जग्गा काण्ड र काठमाडौं मालपोत कार्यालयमा रहका बेला ललिता निवास जग्गामा मुछिएका थिए । यस्तै, प्रदेशका विभिन्न मन्त्रालय र संघिय विभागमा उनीहरुलाई बाँडफाँट गरि सरुवा गरिएको हो ।