भुटानको ड्रुक एयर पोखराबाट यात्रु लिएर फर्कियो

Share this post :

Facebook
Twitter
WhatsApp

पहिलोपल्ट भुटानको ड्रुक एयरले आज पाेखराबाट यात्रु लिएर फर्किएकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ जना यात्रु लिएर उडान भरेकाे हाे । आजबाट पाेखरा विमानस्थलबाट भुटानकाे लागि व्यावसायिक उडान भरेकाे हाे । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार विहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।

गत पुसबाट संचालनमा आएकाे पाेखरा विमानस्थलमा यसभन्दा अघि चीनबाट विमान आएकाेफथियाे भने, फर्किदा रित्तै फर्किएकाे थियाे । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *